गृहपृष्ठ शिवम् सिमेन्टले गर्यो काठमाडौं जिल्ला प्रशासन कार्यालय सरसफाइमा सहयोग

शिवम् सिमेन्टले गर्यो काठमाडौं जिल्ला प्रशासन कार्यालय सरसफाइमा सहयोग

शिवम् सिमेन्टले गर्यो काठमाडौं जिल्ला प्रशासन कार्यालय सरसफाइमा सहयोग

हालैको जेनजी आन्दोलनपछिको आगजनी र तोडफोडका कारण आएको अवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाइ अभियान सुरु गरेको छ।

कम्पनीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै कार्यालय परिसर सरसफाइ गरेको छ। साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचरसमेत हस्तान्तरण गरेको जनाएको छ।

विषम परिस्थितिमा सहयोग र श्रमदानमार्फत समुदाय र शहरलाई व्यवस्थित बनाउन योगदान गर्ने उद्देश्यले यो अभियान थालिएको शिवम् सिमेन्टले जनाएको छ। कम्पनीले आगामी दिनहरूमा पनि निरन्तर सरसफाइ कार्यक्रम र श्रमदानलाई जारी राख्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित समय : ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु