काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बिपी राजमार्ग आजबाट २४ घण्टै खुला हुने

1.56K
shares

काभ्रेपलाञ्चोक। वर्षातका कारण क्षतिग्रस्त बिपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी खण्ड अब २४ घण्टा सञ्चालन हुने भएको छ। आसन्न दशैं–तिहारलगायतका चाडपर्वमा यात्रुको सहजताका लागि आजबाट सो खण्डमा राति सवारी सञ्चालनमा लगाइएको रोक हटाउने जिल्ला सुरक्षा समितिले निर्णय गरेको हो।

यसअघि सामान्य वर्षातमै पहिरोका कारण सडक अवरुद्ध हुने भएकाले यात्रुलाई जोखिम न्यूनीकरण गर्ने उद्देश्यले भदौ मसान्तसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा निषेध गरिएको थियो। तर सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सडक सुरक्षा सजगता अपनाई स्वीकृत सुरक्षा कार्ययोजना बमोजिम २४ सै घण्टा यातायात सञ्चालन गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जारी गरेको सूचनामा भनिएको छ, ‘आसन्न चाडपर्वमा यात्रुको सहज यात्राका लागि सडक २४ घण्टा सञ्चालन गरिने भएको हुँदा सम्बन्धित सबैले सडक सुरक्षा मापदण्ड पालना गर्नुपर्नेछ।’

जिल्ला प्रशासनले यात्रुलाई सम्भावित जोखिमका अवस्थाबारे सचेत रहन आग्रह गर्दै सडक सुरक्षाका लागि अनुगमन कडाइ गर्ने जनाएको छ।