nmb bank

गृहपृष्ठ ‘आन्दोलनका क्रममा बालअधिकारको गम्भीर उल्लङ्घन भएको छ’

‘आन्दोलनका क्रममा बालअधिकारको गम्भीर उल्लङ्घन भएको छ’

‘आन्दोलनका क्रममा बालअधिकारको गम्भीर उल्लङ्घन भएको छ’
हालै भएको जेनजी आन्दोलनका क्रममा बालअधिकारको गम्भीर उल्लङ्घन भएको देखिएको छ ।
सेभ द चिल्ड्रेन र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले गरेको एक अध्ययनले सुरक्षाकर्मीहरूले गरेको अत्यधिक बल प्रयोगका कारण बालबालिका र युवाहरूको मृत्यु, घाइते र मनपरि रुपमा पक्राउ गर्दा गहिरो मानसिक आघात परेको उल्लेख गरेको छ ।
उक्त प्रतिवेदन राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई औपचारिक रूपमा बुझाइएको छ । यसले स्वास्थ्य, मनोसामाजिक सहयोग, सुरक्षा, कानुनी सहायता र शिक्षाजस्ता क्षेत्रमा तत्काल सहयोगको आवश्यकता रहेको देखाएको छ । “विशेषगरी प्रहरी र बालबालिका तथा युवाहरूबीच गहिरो अविश्वास भएको छ । आगामी दिनमा बालअधिकार उल्लङ्घन रोक्न शान्ति निर्माण र रूपान्तरणको आवश्यकता छ”, प्रतिवेदनमा भनिएको छ ।
सेभ द चिल्ड्रेन नेपालकी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले सरकारने तुरुन्तै आवश्यक कदम चालेर आफ्नो जिम्मेवारी सुनिश्चित गर्न, अत्यधिक बल प्रयोग नगर्न, पीडितलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउन र जेनजी आन्दोलनका क्रममा भएको हिंसा तथा राज्यद्वारा भएको दमनको स्वतन्त्र छानबिन सुरु गर्नु आग्रह गरे ।
अध्ययनका मुख्य सिफारिसहरूमा, राज्य हिंसाबाट उत्पन्न आघात र पुस्तान्तरगत असर सम्बोधन गर्न बालमैत्री मासिक स्वास्थ्य तथा मनोसामाजिक सेवाहरूलाई सुदृढ बनाउने, बालबालिका, युवा र राज्य संयन्त्रबीच विश्वासको पुनःस्थापना गर्न शान्ति निर्माण र द्वन्द्व रूपान्तरणका दृष्टिकोणलाई समावेश गर्ने, राज्यका सुरक्षा निकाय र सुरक्षाकर्मीलाई बालअधिकारबारे संवेदनशील बनाउने र जवाफदेही प्रणालीलाई बलियो बनाउने विषय समावेश छन् ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेलल प्रतिवेदनमा मृत्यु र घाइतेसम्बन्धी तथ्यगत विवरणसहित नेपालको अन्तरराष्ट्रिय तथा राष्ट्रिय कानुनअन्तर्गतका प्रतिबद्धता, साथै बालबालिकाको अधिकार र सुरक्षाप्रति राज्यको प्रतिबद्धताको गम्भीर उल्लङ्घन भएको स्मरण गराइएको बताए ।

प्रकाशित समय : २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु