nmb bank

गृहपृष्ठ एमाले महासचिव पोखरेलद्वारा पार्टी कार्यालय पुनर्निर्माण थाल्न आव्हान

एमाले महासचिव पोखरेलद्वारा पार्टी कार्यालय पुनर्निर्माण थाल्न आव्हान

एमाले महासचिव पोखरेलद्वारा पार्टी कार्यालय पुनर्निर्माण थाल्न आव्हान

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देशैभरका क्षतिग्रस्त पार्टी कार्यालयको पुनर्निर्माण सुरु गर्न कार्यकर्तालाई आव्हान गरेका छन ।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि उनले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणमा योगदान गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिए ।

महासचिव पोखरेलले आगामी असोज ३ गते खरानीको थुप्रोबाटै संविधान दिवस मनाउन निर्देशन दिएका छन । “लामो सङ्घर्षबाट २०७२ सालमा प्राप्त संविधान दिवस असोज ३ गते पर्दछ । उक्त दिवश हामी खरानीकै थुप्रोबाट मनाउने छौँ । सबै जिल्लाले यो कार्यक्रम गर्नुहुनेछ । काठमाडौं उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्रांगणमा कार्यक्रम हुनेछ,” उनले भने ।

महासचिव पोखरेलले सधैँ सडकबाट निर्णय नहुने भएकाले सडकबाट प्राप्त उपलब्धीलाई संविधानमा संस्थागत गर्नुपर्ने बताए । उनले अन्तरिम सरकारले भ्रष्टाचार अन्त्य र शुसासनका कदम अघि बढाउदा एमालेले सहयोग गर्ने बताए । अन्तरिम सरकारको मुल काम सुरक्षाको वातावरण बनाउने र समयमा निर्वाचन गराउने भएको उनको भनाइ छ । “नेपालका सबै लोकतान्त्रिक पार्टी जनतामा गएर, जनताबीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नुभएको छ भन्ने हामी ठान्दर्छाैं”, उनले भने ।

प्रकाशित समय : १९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु