गृहपृष्ठ टीभीएसको नयाँ मोटरसाइकल सार्वजनिक हुँदै
टीभीएसको नयाँ मोटरसाइकल सार्वजनिक हुँदै
भारतीय मोटरसाइकल ब्राण्ड टीभीएस रेडर मोटरसाइकलको नयाँ भेरियन्ट नेपालमा भोलि (मंगलबार) सार्वजनिक हुने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले रेडर आइगो (आइजीओ) भेरियन्ट नेपाली बजारमा भोलि सार्वजनिक गर्ने भएको हो ।
निकै एड्भान्स फिचरहरू दिइएको टीभीएस रेडरको आइगो भेरियन्ट मंगलबार बजारमा ल्याउने तयारी भइरहेको छ । स्पोर्टी नेकेड स्ट्रीट डिजाइनमा निर्माण भएको रेडर आइजीओ भेरियन्टमा आइजीओ असिस्ट टेक्नोलोजी सहितको १२४.८ सीसी क्षमताको सिंगल सिलिण्डर, थ्री भल्ब, एयर र आयल कुल्ड इएफआई एड्भान्स इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम ६००० आरपीएममा ११.७५ एनएम टर्क जेनेरेट गर्छ ।
यस मोटरसाइकलमा ५ स्टेपको गियरबक्स छ भने यसले ० देखि ६० किलोमिटर प्रतिघण्टा मात्रै ५.८ सेकेन्डमा पूरा गर्नेछ । मोटरसाइकलमा दिइएको नयाँ इन्टेलिगो आइजीओ असिस्ट टेक्नोलोजीले रेडरको अन्य भेरियन्ट भन्दा १० प्रतिशत र इकोथ्रोट एफआई सिस्टमले १५ प्रतिशत माइलेज बढाउने छ । यस मोटरसाइकलको पर्फमेन्स पनि निकै स्मुथ रहेको छ ।
आइगो भेरियन्टमा एनिमेलिस्टिक हेड्ल्याम्प सहितको पूरा एलईडी लाइट सेटअप र ८५ भन्दा धेरै कनेक्टेड फिचरहरू हेर्न मिल्ने कलरफुल रिभर्स एलसीडी टीएफटी कन्सोल पाउन सकिन्छ । त्यस्तै, सिंगल टच बटन अप्रेसन, कल म्यानेज्मेन्ट, भ्वाइस असिस्ट, हाइपर स्मार्ट कनेक्ट फिचरहरू, नेभिगेसन, ग्लाइड थ्रोट ट्राफिक सिस्टम, आइएसजी साइलेन्ट स्टार्टर, इन्जिन कटअफ, इको, बुस्ट र पावर गरि तीन राइडिङ मोड जस्ता फिचरहरू छन् ।
साथै, टेलिस्कोपिक फर्क र एड्जस्टेबल मोनोसक सस्पेन्सन सेटअप, अगाडी डिस्क र पछाडी ड्रमब्रेक, एसबीटी ब्रेकिङ सिस्टम, रोटोपेटल ब्रेक डिस्क यस मोटरसाइकलमा दिइएको छ । हाल नेपाली बजारमा उपलब्ध टीभीएस रेडरको टप भेरियन्टको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।
प्रकाशित समय : १८:२३ बजे



















