nmb bank

गृहपृष्ठ महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन

महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन

महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गरेको छ ।

महासचिव पोखरेलले आज कार्यालय पुगी ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा क्षति पुगेको कार्यालयको अनुगमन गरेको हो । उनका साथमा केन्द्रीय सदस्य निरज आचार्यसमेत थिए ।

यही भदौ २४ गते ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा एमाले पार्टी कार्यालयमा तोडफाड र आगजनी भएको थियो । आगजनी र तोडफोडबाट पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ ।

प्रकाशित समय : १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु