काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पाल टाँगेर सर्वोच्च अदालतमा सेवा सुरु

2.11K
shares

सर्वोच्च अदालतले आजबाट आफ्नो सेवा पुनः सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट भवन ध्वस्त भएपछि सर्वोच्चले अदालत परिसरमा टेन्ट लगाएर सेवा सुरु गरेको हो ।

सर्वोच्चले मुद्दा सम्बन्धी जानकारी, तारेख, रिट मुद्दा, बन्दिप्रत्यक्षीकरण रिट दर्ता लगाएतका सेवा सुरु गरेको हो । अहिले नै इजलास बस्न सक्ने अवस्था नरहेकाले पुराना मुद्दाको तारेख सार्ने काम भइरहेको सर्वोच्चले जनाएको छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष विजय प्रसाद मिश्रले तत्काल पूर्णरुपमा काम सुरु गर्ने परिस्थीति नरहेपनि क्रमश कामकारवाही सुरु हुने बताए । स्थीति सहज भएपछि महिला, थुनुवा र राष्ट्रिय मुद्दाको सुनुवाई सुरु गर्न सुझाव दिइएको उनले उल्लेख गरे ।

त्यस्तै अधिवक्ता कमल कोइरालाले बन्दिप्रत्यक्षीकरण र तारिख दिने काम सुरु भएको र अन्य सेवा पनि विस्तारै सेवा सुरु हुने विश्वास व्यक्त गरे । हालै देशभर भएका विरोध प्रदर्शनका क्रममा सर्वोच्च अदालतसहित विभिन्न अदालतमा आगजनी, तोडफोड र लुटपाट हुँदा ठूलो क्षति पुगेको छ ।

आगजनी र हिंसात्मक गतिविधिबाट अदालतका भवन, सवारीसाधन, उपकरण र नागरिकका महत्त्वपूर्ण दस्तावेज जलेको सर्वोच्चले जनाएको छ ।