global ime bank Long Banner Ad

गृहपृष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हट्यो भीआईपी सुविधा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हट्यो भीआईपी सुविधा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हट्यो भीआईपी सुविधा

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी सुविधा अस्थायी रूपमा बन्द गरिएको छ ।

विमानस्थल प्रशासनले टाँसिएको सूचनामार्फत सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान तथा आगमन गर्न जानकारी गराएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार असहज परिस्थितिका कारण काठमाडौंसहितका विभिन्न शहरमा रोकिएका सामान्य यात्रुहरुलाई प्राथमिकता दिँदै गन्तव्यसम्म पुर्‍याउन भीआईपी कक्ष बन्द गरिएको जानकारी दिइएको छ ।

विमानस्थलका अनुसार यसबाट अवस्था सामान्यीकरण गर्न सहज हुनेछ ।

प्रकाशित समय : १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु