global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ कोरला नाकामा दर्जनौँ कन्टेनर पुगे

कोरला नाकामा दर्जनौँ कन्टेनर पुगे

कोरला नाकामा दर्जनौँ कन्टेनर पुगे

नेपाल–चीन उत्तरी कोरला नाकामा चिनियाँ सामान ढुवानीका लागि दर्जनौँ कन्टेनर त्यहाँ पुगेका छन् । भन्सार विभागले कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयलाई सक्रिय बनाएसँगै त्यहाँको नाकाबाट सामान ढुवानी गर्न व्यापारीका दर्जनौँ कन्टेनर त्यहाँ पुगेका हुन् ।

यहाँको नाकाबाट भन्सार विभागले सम्पूर्ण व्यवस्था मिलाएको हो । गत असारको बाढीले रसुवागढी नाका र साउनको पहिलो साता तातोपानी नाकामा बाढी पहिरोले चिनियाँ मालवस्तु ढुवानीमा अवरोध सिजना भएपछि भन्सार विभागले यहाँको नाकालाई वैकल्पिक मार्ग रुपमा सञ्चालनमा ल्याएको हो ।

यहाँको नाकालाई तत्कालका लागि वैकल्पिक मार्ग रुपमा प्रयोग गरिएको भए पनि अब यहाँको नाकाबाट चिनियाँ मालवस्तु आयातमा कुनै समस्या नपर्ने भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । यहाँको नाकामा मालवस्तु आयातका लागि विभागसँग कार्यालयको ‘अनलाइन’ प्रणाली ‘इन्ट्री’ भइसकेको र चाँडै लोमान्थाङमा भन्सार राजस्व सङ्कलनका लागि प्रभु बैङ्कबाट वित्तीय भुक्तानी गर्ने व्यवस्था मिलाउने तयारी भएको कार्यालय प्रमुख खड्काले बताए ।

उनले यहाँको नाकास्थित चाइनिज भन्सारमा जाँचपास भई आयात भएका कन्टेनरको मालवस्तु जाँचपास गरी पठाइने भन्सार प्रमुख खड्काले उल्लेख गरे । सोमबार चाइनिज भन्सारमा जाँचपास भएका दुई कन्टेरनको मालवस्तु जाँच भइसकेको बताए । उनले व्यापारीहरुले ल्याउने मालवस्तु ल्हासा र अन्य स्थानमा रहेको तथा उक्त मालवस्तु चिनियाँ भन्सारमा आउने क्रममा रहेको बताए ।

यहाँका नाकाबाट ५०० भन्दा बढी डीवाइटी इभी गाडीसहित लत्ताकपडा, कस्मेटिक सामग्री र इलेक्ट्रोनिक सामान ढुवानी गर्न बेनी–जोमसोम–कोरला सडक हुँदै दर्जनौ मालवाहक कन्टेनर कोरला पुगेका छन् । त्यहाँ पुगेका कन्टेनरलाई चिनियाँ भूमिमा प्रवेश गराएर मालसामान लोडअनलोड गराइएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए। उनले चिनियाँ सामान ढुवानी गर्न करिब १०० भन्दा बढी कन्टेनर पर्खाइमा बसेको बताए ।

प्रकाशित समय : १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु