global ime bank Long Banner Ad

गृहपृष्ठ बाजुराको बडिमालिकामा (एडिबी) को सहयोगमा पदमार्ग निमार्ण गरिने

बाजुराको बडिमालिकामा (एडिबी) को सहयोगमा पदमार्ग निमार्ण गरिने

बाजुराको बडिमालिकामा (एडिबी) को सहयोगमा पदमार्ग निमार्ण गरिने

बाजुरा । बाजुराको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र बडीमालिकामा एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पदमार्ग निमार्ण गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र बडिमालिकामा (एडिबी)को सहयोगमा पदमार्ग निमार्ण गर्ने भएको हो ।

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकामा प्रदेश सरकारले पर्यटकको सहजताका लागि पूर्वाधार निमार्ण गर्न लागेको हो । प्रदेश सरकारले एडिबीसँगको सम्झौता अनुसार बडिमालिका र खप्तड जोड्ने पदमार्ग निमार्ण गर्ने भएको हो । एसियाली विकास बैंकको २२ करोड सहयोगमा पर्यटन पूर्वाधार निमार्ण गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

बडिमालिका र खप्तड जोड्ने पदमार्ग निमार्णका लागि चालु आर्थिक वर्षमा सात करोड बजेट आएको छ । गत वर्ष पनि उक्त क्षेत्रमा एक करोड २५ लाख खर्च गरेर पदमार्ग र विश्रामगृह निमार्ण गरिएको थियो । धार्मिक आस्थाको धरोहर बडीमालिकामा हरेक बर्ष साउन शुक्ल चदुर्दशीका दिन मेला लाग्ने गरेको छ । बडीमालिका प्राकृतिक सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ ।

प्रकाशित समय : ०८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु