global ime bank Long Banner Ad

गृहपृष्ठ यूएईले मोहम्मद वसीमको कप्तानीमा एशिया कप खेल्ने

यूएईले मोहम्मद वसीमको कप्तानीमा एशिया कप खेल्ने

यूएईले मोहम्मद वसीमको कप्तानीमा एशिया कप खेल्ने

एशिया कप टी–२० क्रिकेटका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को टोली घोषणा भएको छ । यूएईले एशिया कपका लागि मोहम्मद वसीमको कप्तानीमा आज १७ सदस्यीय टोली घोषणा गरेको हो ।

आयोजक यूएई एशिया कपका लागि टोली घोषणा गर्ने पछिल्लो देश हो । योसँगै प्रतियोगिताका लागि ८ वटै देशको टोली घोषणा भएको छ । एशिया कप यही सेप्टेम्बर ९ देखि २८ सम्म यूएईमा हुँदैछ ।

प्रतियोगिताको समूह ‘ए’ मा भारत, ओमान, पाकिस्तान र यूएई छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, हङकङ र श्रीलङ्का छन् । यूएईले सेप्टेम्बर १० मा दुबईमा भारतसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

प्रकाशित समय : २०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु