global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा महत नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा महत नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा महत नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त भएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. पुजनकुमार रोकायाको सिफारिसमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले महतलाई रजिस्ट्रार नियुक्त गरेका हुन् ।

प्रतिष्ठानका तत्कालीन रजिस्ट्रार नृपेन्द्र महतको कार्यअवधि असार ३ गते नै सकिएको थियो । प्रतिष्ठानले दुई महिनापछि रजिस्ट्रार पाएको हो ।

नवनियुक्त रजिस्ट्रार महत चन्दननाथ-१० का बोहोरो गाउँका बासिन्दा हुन । उनी विद्यावारिधि शोधार्थी हुन् ।

प्रकाशित समय : १९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु