global ime bank Long Banner Ad

गृहपृष्ठ बुङ्गल हाइड्रोकाे आईपीओमा १३.४२ गुणा बढी आवेदन

बुङ्गल हाइड्रोकाे आईपीओमा १३.४२ गुणा बढी आवेदन

बुङ्गल हाइड्रोकाे आईपीओमा १३.४२ गुणा बढी आवेदन

बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि बिक्री खुला गरेको दोस्रो चरणको आईपीओमा १३.४२ गुणा बढी आवेदन परेकाे छ । आवेदन दिने आज अन्तिम बिहिबारसम्म १३.४२ गुणा बढी आवेदन परेकाे सीडीए एण्ड क्लियरिङ लिमिटेडले जनाएकाे छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेकाे थियाे । हजाँ २ कराेड २८ लाख ३९ हजार ९६० कित्ताका लागि आवेदन परेकाे छ । २० लाख ३१ हजार २६० जनाले उक्त कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गरी बाँडफाँड समेत गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री गरेको थियो ।

त्यस्तै, २ लाख ७ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ । त्यस्तै, कम्पनीले १ लाख ३ हजार ७५० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुका लागि र ६२ हजार २५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर जारी गरेको हो। सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । जसमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित समय : १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु