global ime bank Long Banner Ad

गृहपृष्ठ एन्फाले नेपाल र बंगलादेशबीचको खेलका लागि १० हजार टिकट बिक्री गर्ने

एन्फाले नेपाल र बंगलादेशबीचको खेलका लागि १० हजार टिकट बिक्री गर्ने

एन्फाले नेपाल र बंगलादेशबीचको खेलका लागि १० हजार टिकट बिक्री गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीचको खेलका लागि १० हजार टिकट बिक्री गर्ने भएको छ ।

बिहीबार दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै एन्फाले नेपाल र बंगलादेशबीच २१ र २४ भदौमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि सामान्य प्याराफिट तर्फ ९ हजार र भिआइपीतर्फ एक हजार वटा टिकट बिक्री गर्ने जनाएको हो । यसअघि एन्फाले सामान्य प्याराफिट तर्फ ७ हजार वटा टिकट बिक्री गर्ने जनाएको थियो ।

मैत्रीपूर्ण खेलका लागि भीआइपीतर्फको टिकट १ हजार र सामान्य पारापिटतर्फको टिकट मूल्य ५ सय रुपैयाँ तोकिएको छ । प्रतियोगीताको अनुमानीत बजेट १ करोड २७ लाख ५८ हजार रुपैयाँ रहेको एन्फाले जनाएको छ ।

प्रकाशित समय : १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु