global ime bank Long Banner Ad

गृहपृष्ठ प्यालेस्टिनी राजदूतद्वारा युएनआरडब्लुएका लागि राजनीतिक तथा आर्थिक सहयोगको आह्वान

प्यालेस्टिनी राजदूतद्वारा युएनआरडब्लुएका लागि राजनीतिक तथा आर्थिक सहयोगको आह्वान

प्यालेस्टिनी राजदूतद्वारा युएनआरडब्लुएका लागि राजनीतिक तथा आर्थिक सहयोगको आह्वान

संयुक्त राष्ट्रसङ्घका लागि प्यालेस्टाइनका दूत रियाद मन्सुरले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी ९युएनआरडब्लुए० का लागि राजनीतिक तथा आर्थिक सहयोग बलियो बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्ेका छन ।

न्युयोर्कमा युएनआरडब्लुएका लागि संयुक्त राष्ट्र महासभाको वार्षिक प्रतिज्ञा सम्मेलन लाई सम्बोधन गर्दै मन्सुरले संयुक्त राष्ट्रसङघ महासभाको प्रस्ताव –१९४ का आधारमा प्यालेस्टाइन शरणार्थीको विषयलाई न्यायपूर्ण र स्थायी समाधानका लागि आफ्नो आह्वानलाई नवीकरण गर्दै अन्तर्राष्ट्रिय समुदायलाई अन्यायको अन्त्य गर्न आवश्यक राजनीतिक इच्छा शक्ति र साहस जुटाउन आग्रह गर्ेका छन ।

पछिल्लो समयमा प्यालेस्टिनी शरणार्थीहरूको पीडा अभूतपूर्व स्तरमा पुगेको बताउदै उहाँले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा चलिरहेको नरसंहार र इजरायलको सैन्य आक्रमणको वर्णन गर्े ।

मन्सुरले युएनआरडब्लुएले प्यालेस्टाइन शरणार्थीहरूको पीडा कम गर्न र आवश्यक सेवाहरू प्रदान गर्न महत्त्वपूर्ण भूमिका जारी राखेको बताए ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी शरणार्थीहरूले गम्भीर मानवीय अवस्थाको सामना गरिरहेको बताउँदै गाजा पट्टीमा, युएनआरडब्लुएको अपरेसन चलिरहेका विभिन्न क्षेत्रहरूमा लाखौं प्यालेस्टाइन शरणार्थीहरूको आवश्यकताहरू पूरा गर्न र क्षेत्रीय स्थिरतालाई समर्थन गर्न युएनआरडब्लुएको अपरिहार्य भूमिका रहेको बताएको छन ।

उनले एजेन्सीको वित्तीय सङ्कट र यसको सञ्चालनमा लगाएको प्रतिबन्धले छ महिना अघि महासभाले भारी मात्रामा नवीकरण गरेको जनादेश पूरा गर्ने क्षमतालाई खतरामा पारेको चेतावनी दिएको छन ।

गुटेरेसले अन्य कुनै संगठनसँग युएनआरडब्लुए प्रतिस्थापन गर्ने वा यसको जनादेश पूरा गर्ने क्षमता नभएको बताएको छन ।

एजेन्सीले आफ्नो कार्यहरू जारी राख्न र प्यालेस्टाइन शरणार्थीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न अन्तर्राष्ट्रिय समुदायलाई सक्षम बनाउनका लागि तत्काल राजनीतिक र आर्थिक सहयोगको लागि आह्वान गर्दै उहाँले यस्तो सहयोगले समस्याको समाधान गरी न्यायपूर्ण र स्थायी शान्तिको अवस्था सिर्जना गर्न मद्दत गर्ने बताएको छन ।

प्रकाशित समय : १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु