global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ उखु किसानले अनुदान रकम प्राप्त गर्न थाले

उखु किसानले अनुदान रकम प्राप्त गर्न थाले

उखु किसानले अनुदान रकम प्राप्त गर्न थाले

सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरुप दिने अनुदानबापतको करिब ७५ करोड रकम निकासा गरेकोे छ । देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा उपलब्ध गराएको करिब दुई करोड १६ लाख क्विन्टल उखु बराबरको सो रकम किसानलाई पठाइएको हो ।

किसानलाई चिनी उद्योगले प्रतिक्विन्टल ५८५ र सरकारले ३० अनुदान दिने व्यवस्थाअनुसार सो रकम उपलब्ध गराइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने व्यवस्था गरिएको छ । मन्त्रालयबाट पठाइएको रकम कतिपय किसानले प्राप्त गरिसकेका उनले जानकारी दिए ।

सरकारले अघिल्लो वर्ष प्रतिक्विन्टल ७० का दरले किसानलाई अनुदान रकम दिँदै आएको भए पनि बजेट अभावका कारण अनुदान रकम आधाले घटाएर प्रतिक्विन्टल ३५ कटौति गरेको थियो । सरकारले मन्त्रिपरिषद् बैठकबाट यसपटक उखु किसानलाई प्रतिक्विन्टल ३५ अनुदान उपलब्ध गराउने निर्णय गरेपछि प्राविधिक कारणले निकासामा ढिलाइ भएको थियो । किसानले रकम समयमै प्राप्त गर्न र उक्त प्रेत्साहन रकम कटौति नगर्न माग गर्दै आएका थिए ।

सुनसरी सिराहा, सर्लाही, महोत्तरी, रौतहट, बारा, नवलपरासीलगायत जिल्लामा व्यवसायिक उखुखेती हुने गर्दछ । सरकारले किसानहरूलाई प्रोत्साहित गरी उखु उत्पादन वृद्धि गर्न अनुदान रकमको व्यवस्था गरेको छ ।

प्रकाशित समय : १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु