गृहपृष्ठ एनआईसी एशिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटीमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटीमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटीमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धनगढी, कैलालीमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछ ।
यस बैंकका ग्राहक महानुभावहरुले उक्त हस्पिटलमा न्भहस्पिटलमा General Bed-Hospital Admit, Cabin-Hospital Admit, ICU Bed, Ventilator, General Surgery, Orthopedic, Gynecology, Laparoscopic Operation, Pathology Test, Video X-ray, X-ray, ECG, ECHO, T.M.T., Endoscopy र Medicine जस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछ ।

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित समय : १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु