global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ महिलाको आर्थिक सवलीकरणका लागि सिलाइ मेसिन वितरण

महिलाको आर्थिक सवलीकरणका लागि सिलाइ मेसिन वितरण

महिलाको आर्थिक सवलीकरणका लागि सिलाइ मेसिन वितरण

रामेछाप । रामेछापको मन्थली नगरपालिका–२, ५, ६ र ८ नम्बर वडाका १९ जना महिलालाई सिलाइ मेसिन वितरण गरिएको छ ।

मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सामुदायिक विकास समाज (सिडिएस) ले ७२ दिने सीप विकास तालिम पूरा गरेका महिलालाई प्रतिव्यक्ति १८ हजार रुपैयाँ बराबरको सिलाइ मेसिन हस्तान्तरण गरेको हो ।

सिडिएसका कार्यकारी निर्देशक मिलन कुमार घिसिङका अनुसार प्राविधिक तथा व्यावसायिक सीप र कृषितालिम मार्फत ग्रामीण भेगमा रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । उनले भने, ‘ग्रामीण महिलाको सीपविकास मार्फत आर्थिक सबलीकरणमा योगदान पुगोस् भन्ने हेतुले सिलाइ मेसिन हस्तान्तरण गरिएको हो ।’

कार्यक्रममा उनले सिडिएसले चाइल्डफण्ड नेटवर्कको सहयोगमा ग्रामीण क्षेत्रकामहिला तथा युवालाई लक्षित गरी सीप विकासका विभिन्न कार्यक्रम सञ्चालनगर्दै आएको जानकारी दिए ।

सिलाइ मेसिनवितरण गर्दै मन्थली नगरपालिका उपप्रमुख बस्नेतले महिलालाई सिकेको सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बन्नआग्रह गरिन् । ‘सिपसिकेर त्यसलाई व्यवहारमा उतार्न सके आर्थिक सबली करण मात्र होइन, समाजमा उदाहरणीय भूमिका निर्वाह गर्न सकिन्छ,’उनले भनिन् ।

नगरपालिकाले पनि महिलालक्षित सीपविकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको उनले बताइन् । बस्नेतले यस्ता कार्यक्रमले ग्रामीण महिलाको जीवनस्तर उठाउन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिन् ।

प्रकाशित समय : १०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु