global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ विज्ञता र क्षेत्राधिकार भित्र रहेर काम गर्न मन्त्री देवकोटाको निर्देशन

विज्ञता र क्षेत्राधिकार भित्र रहेर काम गर्न मन्त्री देवकोटाको निर्देशन

विज्ञता र क्षेत्राधिकार भित्र रहेर काम गर्न मन्त्री देवकोटाको निर्देशन

हेटौंडा । हेटौंडा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीडा. दिनेशचन्द्र देवकोटाले मातहतका निकायहरूलाई आफ्नो विज्ञता र क्षेत्राधिकार भित्र रहेर काम गर्न निर्देशन दिएका छन् ।

उनले एक निकायको काममा अर्कोले हस्तक्षेप गर्ने र आफ्नो विज्ञता भन्दा बाहिर गएर काम गर्ने प्रवृत्तिको अन्त्यहुनुपर्ने बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित ‘वार्षिक प्रगति समीक्षा तथा आगामी कार्ययोजना गोष्ठी’को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले भने,‘सडकको विज्ञताभएको निकाय हुँदाहुँदै त्यहाँ हस्तक्षेप गर्ने काम बन्द हुनुपर्छ। जसको जे विज्ञता हो, उसले त्यही काम गर्ने हो। अनुशासन र ‘चेन अफकमान्ड’ सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’

सहरी विकास कार्यालयहरू सहर र भवन निर्माणमा केन्द्रित हुनुपर्नेमा ग्रामीण सडक निर्माणमा रुचि देखाएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले यस्ता कार्यले गुणस्तर र जवाफदेहितामा प्रश्न उठ्ने बताए ।

‘हामीएउटै मन्त्रालय भित्र त क्षेत्रा धिकार मिलाउन सक्दैनौं भने अरू मन्त्रालयले गरेको काममा कसरी प्रश्न उठाउन सक्छौं?’उनले प्रश्न गरे ।

मन्त्री देवकोटाले प्रदेश यातायात गुरु योजना (पीटीएमपी) अन्तर्गतका सडकहरूको आर्थिक प्रतिफल र स्थानीय जीविको पार्जनसँगको सम्बन्धबारे समीक्षा गर्ने बेला आएको बताए । उनले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ‘कट–पेस्ट’ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै गुणस्तरीय र वास्तविक धरातलमा आधारित बनाउन निर्देशन दिनुभयो। मन्त्रालयले बहुवर्षीय योजनाहरू र त्यसका लागि स्रोत सुनिश्चितताको विषयदशैँअघि नै टुङ्ग्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

कामको विश्वसनीयता र वैधताका लागि तेस्रो पक्षबाट अनुगमन तथा मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नुपर्नेमा उनको जोड थियो।

मन्त्री देवकोटाले मन्त्रालयले निर्माण गरेका सडक, पुल, भवन जस्ता भौतिक सम्पत्तिहरूको उचित मूल्याङ्कन गरी अभिलेखी करण गर्नुपर्ने आवश्यकता औँल्याए । राजधानी समेत रहेको काठमाडौँ उपत्यकामा ठूला र देखिने खालका आयोजनाहरूको कमी भएको भन्दै यस विषयमा विशेष ध्यान केन्द्रित गर्न उनले सम्बन्धित कार्यालयहरूलाई आग्रह गरे ।

कार्यक्रममा उत्कृष्टकार्य सम्पादन गर्ने जिल्लाहरूलाई सम्मान गर्ने नयाँ परम्पराको सुरुवात गरिएकोमा खुसी व्यक्तगर्दै उनले आगामी वर्ष अन्य जिल्लाहरूलाई पनि बधाई दिन आतुर रहेको बताए ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले मन्त्रालयले आफ्नो विषयमा विज्ञता हासिलगरेको मन्त्री पाएकाले प्रभावकारी ढङ्गबाट काम हुने विश्वास व्यक्त गरे ।
उनले भने,हामीले आफ्नो मन्त्रालयको विषयमा विज्ञता हासिल गर्नुभएका मन्त्री पाएकाछौँ, यो मन्त्रालय र यहाँ कार्यरत कर्मचारीका लागि गर्वको विषयहो।’

सचिव मरहठ्ठाले मातहतका कर्मचारीहरूलाई प्राविधिक ज्ञानका साथै प्रचलित कानुन र राज्य सञ्चालनका नीतिहरूमा पनि अब्बल बन्न निर्देशन दिए । उनले कुनै पनि प्राविधिक कर्मचारीका लागि आफ्नो विषयको प्राविधिकज्ञानहुनु, हरेक कामकानुन सम्मत गर्न प्रचलित कानुनबारे अद्यावधिक रहनु, र दलीय राजनीति भन्दा माथि उठेर राष्ट्रिय योजना, प्रदेशका आवधिक योजना तथा सरकारका लक्ष्यजस्ता राज्य सञ्चालनका नीतिबारे स्पष्ट जानकारी राख्नु अनिवार्य रहेकोमा जोड दिए ।

भाद्र १७ र १८ गते सञ्चालित दुईदिने उक्तगोष्ठीमा आर्थिक वर्ष २०८१/८२को कार्यप्रगति समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कार्ययोजना तय गरिएको थियो। मन्त्रालय मातहतका १९ वटै कार्यालयका प्रमुखहरूले आ–आफ्नो कार्यालयको कार्यसम्पादन विवरण प्रस्तुत गरेका थिए ।

गोष्ठीमा सहभागीहरूलाई सहरी योजना तथा बस्तीविकास विज्ञप्रा. डा. संगीता सिंह र वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन विज्ञ डा. माधवकार्कीले प्रशिक्षण दिएका थिए ।

प्रकाशित समय : ०९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु