गृहपृष्ठ पुतलिसडकमा माइक्रोले ठक्कर दिँदा दुई बालबालिका घाइते
पुतलिसडकमा माइक्रोले ठक्कर दिँदा दुई बालबालिका घाइते
काठमाडौं पुतलिसडकमा माइक्रोले पैदल यात्रुलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार बा.प्र ०१–००२ च ८३२२ नम्बरको माइक्रोले पैदल यात्रुलाई ठक्कर दिँदा दुई जना बालबालिका घाइते भएका हुन् ।
बोहराका अनुसार दुर्घटनामा धनकुटाका ५ वर्षीया आशिका राई र ९ वर्षीय विवेक तामाङ घाइते भएका हुन् ।
प्रकाशित समय : ११:२५ बजे


















