global ime bank Long Banner Ad

गृहपृष्ठ ट्रष्ट माइक्रो इन्स्योरेन्स र सेल पेबीच सम्झौता

ट्रष्ट माइक्रो इन्स्योरेन्स र सेल पेबीच सम्झौता

ट्रष्ट माइक्रो इन्स्योरेन्स र सेल पेबीच सम्झौता

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड र सेल पे प्रा।लि। बीच ग्राहकहरुलाई डिजिटल प्रविधि मार्फत बीमा सेवा उपलब्ध गराउने समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका उप प्रमुख कार्यकारी अधिकृत विश्वोजन थापा श्रेष्ठ र सेल पे प्रा।लिका प्रमुख कार्यकारी अधिकृत निरज कुमार शुक्लाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, ग्राहकहरूलाई आफ्ना आवश्यकता अनुरूप बीमाशुल्क सम्बन्धी सम्पुर्ण जानकारी अनलाइन मार्फत सेल पे ले उपलब्ध गराउनेछ । सेल पे मार्फत विस्तृत बीमाशुल्कको जानकारी प्राप्त भइ सकेपछि ग्राहकहरुले सेल पे बाट बीमा पोलिसीको लागि अनुरोध गर्न सक्नेछन् र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ग्राहकहरुको अनुरोध बमोजिम बीमा सेवा उपलब्ध गराउने छ । यसरी ग्राहकहरुले अनलाइनबाट नै बीमाको सेवा प्राप्त गर्न सक्नेछन् ।

यस कदमले डिजिटल माध्यम मार्फत बीमा सेवाको पहुँचलाई थप व्यवस्थित, सरल र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ ।

यस सम्झौता तथा सहकार्यले डिजिटल बीमा प्रविधिमा महत्वपूर्ण कदम चालेको दुवै कम्पनीका प्रतिनिधिहरूको धारणा छ । साथै यसले ग्राहकको विश्वास वृद्धि गर्ने मात्र नभई दुवै कम्पनीलाई दिगो रूपमा फाइदा पु¥याउने अपेक्षा गरिएको छ ।

टष्ट माइक्रो इस्स्योरेन्सले हाल सम्म मोटर, सम्पति, दुर्घटना बीमा सेवा उपलब्ध गराउँदै आएको छ र कृषि बीमा सेवा पनि उपलब्ध गराउने प्रकृयामा रहेको छ ।

 

प्रकाशित समय : १५:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु