गृहपृष्ठ राष्ट्र बैङ्कले २१ दिनका लागि आज ५० अर्ब निक्षेप खिच्दै
राष्ट्र बैङ्कले २१ दिनका लागि आज ५० अर्ब निक्षेप खिच्दै
अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैङ्कले आज ५० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैङ्कले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब रुपैयाँ भन्दा धेरै पुगेको छ ।
केन्द्रीय बैङ्कले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैङ्कबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज आउँदाे भदौ २९ गते भुक्तानी हुने राष्ट्र बैङ्कले जानकारी दिएको छ ।
प्रकाशित समय : १३:२६ बजे



















