गृहपृष्ठ भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ सम्बन्धी प्रतिवेदन पारित
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ सम्बन्धी प्रतिवेदन पारित
सिंहदरबारमा बिहीबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक। बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकको सम्बन्धमा छलफल भएको थियो । तस्बिरः किरणराज विष्ट/रासस
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन पारित गरेको छ ।
समितिको आजको बैठकमा बहुमतले समितिको प्रतिवेदन पारित गरेको सभापति कुसुमदेवी थापाले जानकारी दिए । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नागरिक उन्मुक्ति पार्टीका सांसदहरु प्रतिवेदन पारित गर्ने पक्षमा उभिएका थिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदले भने प्रतिवेदन पारित गर्ने समयमा बैठक बहिष्कार गरेका थिए ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सांसदहरुको भनाइअनुसार भूमि व्यवस्था मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संशोधन गरेको बताएको थियो । संशोधन गरेका विषयलाई हेरेर अघि बढाउन सांसदहरुलाई आग्रह गरेको थियो ।
सांसदद्वय बीरबहादुर बलायर, सरस्वती सुब्बालगायतले धेरै छलफल भइसकेकाले सो प्रतिवेदन पारित गरिनुपर्ने बताएको थियो । सांसदद्वय रुपा सोसी चौधरी र अशोक चौधरीले पहिले भएका केही विषय विना जानकारी प्रतिवेदबाट हटाइएको, प्रतिवेदनमा फरक मत लेख्न समय दिनुपर्ने माग गरेको थियो ।
प्रकाशित समय : १६:२९ बजे




















