global ime bank Long Banner Ad

गृहपृष्ठ इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त युएईबाट पक्राउ

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त युएईबाट पक्राउ

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त युएईबाट पक्राउ

मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेत पक्राउ परेका छन् ।

एनसिबी अवुधाबीसँगको समन्वयमा संयुक्त अरब इमिरेट्स (युएई)मा पक्राउ परेका उनलाई सोमबार नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

यसैबीच, प्रतिबन्धित लागूऔषध सहित देशका विभिन्न स्थानबाट नौ जना पक्राउ परेका छन् । उनीहरू काठमाडौंको तारकेश्वर,डडेलधुराको अमरगढी, बर्दियाको बढैयाताल गाउँपालिका, सोही पालिकाको साघुनघारी र गुलरिया नगरपालिका–६ शान्तिटोलबाट पक्राउ गरिएको हो ।

प्रकाशित समय : १३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु