nmb bank

गृहपृष्ठ ‘बहुध्रुवीय विश्वमा अवसर तथा जोखिम एकैसाथ आउँछन्’

‘बहुध्रुवीय विश्वमा अवसर तथा जोखिम एकैसाथ आउँछन्’

‘बहुध्रुवीय विश्वमा अवसर तथा जोखिम एकैसाथ आउँछन्’

परराष्ट्र मामिलाका जानकारहरूले बहुध्रुवीय विश्वमा शक्ति विभिन्न केन्द्रहरूमा विभाजित हुने र प्रतिस्पर्धा अझ जटिल बन्नुका साथै अवसर तथा जोखिम एकैसाथ आउने धारणा व्यक्त गरेको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरूले अहिले मानिस तीव्र र गहिरो रूपान्तरणको समयमा बाँचिरहेका उल्लेख गर्दै शक्ति संरचनाका विभिन्न केन्द्रहरूको उदय, आर्थिक परिदृश्यमा हुने परिवर्तन र भूराजनीतिक तथा भू–अर्थिक गतिशीलताले साना वा ठूला सबै राष्ट्रहरूले सञ्चालन गर्नुपर्ने वातावरणलाई पुनः परिभाषित गरिरहेका बताएको हो ।

प्रतिष्ठानले अपेक्षा शाहद्वारा लिखित ‘बहुध्रुवीयता व्यवस्थापनमा साना राज्यको क्षमताः नेपालको अध्ययन’लाई प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । अध्ययनमा दक्षिण एसियाका साना देशहरूले कसरी आफ्नो राष्ट्रियस्तरलाई अगाडि बढाउँदै उदाउँदो बहुध्रुवीयतामा आफ्नो राष्ट्रिय विकास, विदेश नीतिमा आत्मसात् गरिरहेकालगायत विषय समेटिएको छ ।

कार्यक्रममा समूहगत पमा छलफल गर्दै पूर्वसचिव दुर्गाप्रसाद भट्टराई, परराष्ट्रविद् डा लीला न्याइच्याई र राजनीतिक विशलेषक डा चन्द्रदेव भट्टले ‘बहुध्रुवीयता व्यवस्थापनमा साना राज्यका क्षमताः नेपालको अध्ययन’ विषयमा आ–आफ्ना धारणा व्यक्त गरे । उनीहरूले बहुध्रुवीय विश्वमा शक्ति विभिन्न केन्द्रहरूमा विभाजित रहेका र प्रतिस्पर्धा अझ जटिल बनेको उल्लेख गर्दै यसमा अवसर तथा जोखिम एकै साथ आउने बताए ।

त्यस्तै सरकारका पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले ‘परिवर्तनशील विश्वव्यापी सन्दर्भमा नेपालको आर्थिक परिदृश्य’ विषयक प्रस्तुति गरेको थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रकाशकुमार सुवेदीले सहभागीलाई स्वागत गर्दै अध्ययनले नेपालले अहिलेसम्म बहुध्रुवीय विश्वमा कसरी मार्गचित्र तय गरेको छ र भविष्यमा अझ प्रभावकारी रूपमा के गर्न सकिन्छ भन्नेबारे आलोचनात्मक अध्ययन गर्न मद्दत पु¥याउने बताएको थियो ।

प्रकाशित समय : १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु