काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

वैकल्पिक विकास वित्त सम्बन्धी विधेयकको आत्मा बुझ्न जरुरी

1.65K
shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ट्रेजरी भन्दा बाहिरबाट स्रोत व्यवस्थापन गरी पूर्वाधार निर्माण विकल्पको रुपमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक आएको बताएका छन् ।
सोमबार अर्थ समितिको बैठकमा भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा उनले राज्यले पूर्वाधारमा लगानी गर्नका लागि ट्रेजरी बाट स्रोत जुटाउन सबैमा सम्भव नभएको भन्दै यसको विकल्पको रुपमा विधेयक आएको बताए ।

उनले भने, ‘यो विधेयकको आत्मालाई सबैभन्दा पहिला बुझ्न जरुरी छ । दुनियामा नै नभएको विषय ल्याएर विकल्प भनिएको होइन । यसको विकल्प भनेको राज्यले पूर्वाधारमा लगानी गर्नका लागि टे«जरीबाट स्रोत जुटाउन सबैमा सम्भव भएन । यस्तो अवस्थामा ट्रेजरी भन्दा बाहिरबाट पनि पूर्वाधार आयोजनामा लगानी गर्नका लागि स्रोत जुटाउन सकौं । त्यस्ता आयोजनाले प्रतिफल दिन्छ । त्यस्ता आयोजनाहरु जसमा लगानी गर्दा लगानीकर्ताहरुले प्रतिफल पाउँछन् । त्यसका लागि यो विकल्प हो । ट्रेजरी भन्दा बाहिरबाट स्रोत व्यवस्थापन गरेर पूर्वाधार निर्माण गर्ने विकल्प हो ।’
यस्तै, उनले विधेयकले आयोजना छनोट, स्रोत व्यवस्थापन र कार्यान्वयनको लागि बाटो र कानूनी आधार दिने बताए ।