global ime bank Long Banner Ad

गृहपृष्ठ शेर्वा–द लाइफ अफ हिमालय’ अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन हुने

शेर्वा–द लाइफ अफ हिमालय’ अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन हुने

शेर्वा–द लाइफ अफ हिमालय’ अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘शेर्वा–द लाइफ अफ हिमालय’ अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन हुने भएको छ ।

हिमाली भू–भागमा बसोबास गर्दै आएका शेर्पा समुदायको जीवन र सांस्कृतिकलाई देखाउने चलचित्र ‘शेर्वा–द लाइफ अफ हिमालय’ सन् २०२६ मा अन्तर्राष्ट्रिय रूपमा प्रदर्शनमा आउने भएको हो ।

शेर्पा फिल्म्सको प्रस्तुति र ८ के एक्सपेडिसनको सहकार्यमा निर्माण भइरहेको यो चलचित्र कर्मा शेर्पा र दुर्लव जन्तरेले संयुक्तरुपमा निर्देशन गर्दैछन् ।

शेर्पा समुदायको जनजीवनलाई भावनात्मक र दृश्यात्मक रूपमा प्रस्तुत गरिने यस चलचित्रको पटकथा सुमन गजमेरले लेखेको हुन् भने छायांकनमा रञ्जित श्रेष्ठ, संगीत संयोजनमा अटल राई र गायनमा सचिन राई रहेको निर्माण टिमले जनाएको छ ।

चर्चित कलाकार बुद्धि तामाङलाई चलचित्रको मुख्य भूमिकामा अनुबन्ध गरिसकिएको छ । निर्देशकद्वयका अनुसार तामाङको अभिनयले कथालाई गहिरो प्रभाव दिने अपेक्षा गरिएको छ ।

चलचित्रका अन्य पात्रहरू खुला अडिसन र कास्टिङ कलमार्फत छनोट गरिने छन् । यसबाट हिमाली समुदायको वास्तविक प्रतिनिधित्व र नयाँ कलाकारको उदयलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको निर्माण पक्षको भनाइ छ ।

चलचित्रलाई विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी गराउने योजना समेत रहेको जानकारी दिइएको छ। ‘शेर्वा–द लाइफ अफ हिमालय’ नेपाली सिनेमा इतिहासमा हिमाली कथावाचनको नयाँ अध्यायको रूपमा हेरिँदैछ ।

 

प्रकाशित समय : १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु