global ime bank Long Banner Ad

गृहपृष्ठ विद्यार्थीले बनाएका फुटबल खेल्ने रोबर्टदेखि साइबर सेक्युरिटीका उत्कृष्ट परियोजनाको प्रदर्शनी

विद्यार्थीले बनाएका फुटबल खेल्ने रोबर्टदेखि साइबर सेक्युरिटीका उत्कृष्ट परियोजनाको प्रदर्शनी

विद्यार्थीले बनाएका फुटबल खेल्ने रोबर्टदेखि साइबर सेक्युरिटीका उत्कृष्ट परियोजनाको प्रदर्शनी

काठमाडौं । टेक एवं बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ काठमाडौंमा चलिरहेको छ ।
प्रदर्शनीमा बीएससी आइटीका अन्तिम वर्षका विद्यार्थीहरूले एआइ, सफ्टवेयर र वेव डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५० परियोजना प्रदर्शन गरेका छन्। करिब १७० विद्यार्थी संलग्न यी परियोजनाहरूले प्राविधिक र व्यावसायिक सम्भावना बोकेको कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए।
प्रदर्शनीमा पुष्प वृष्टि गराउने एफ पीभी ड्रोन, रोबो सकर्स (फुटबल खेल्ने रोबोट), डान्सिङ रोबट (गीतमा नाच्ने), इमोसन डिटेक्शन सिस्टम (एआईद्वारा अनुहारको भावना पत्ता लगाएर सङ्गीत सिफारिस गर्ने), डाँफे अपरेटिङ सिस्टम, ईभी बाईक, स्मार्ट होम सिस्टम (ग्यास लिक हुँदा स्वचालित अलार्म र कट प्रणाली), भुकम्प तथा बाढी पहिरोको सूचना दिने प्रणालीलगायत रहेका छन्।

उद्घाटनमा पुष्पवृष्टिका लागि प्रयोग भएको ड्रोन भविष्यमा डेलिभरी सेवामा उपयोगी हुनेगरि बिकास गर्ने विद्यार्थीहरुको भनाइ छ ।
साइबर सुरक्षाका परियोजनाहरूले अनलाइन ठगी, डेटा लिक र बैंक खाताको सुरक्षालाई सम्बोधन गर्नसक्ने केसीले बताए ।

स्मार्ट इरिगेसन र टुरिजम प्रवद्र्धन गर्ने सफ्टवेयरहरू पनि प्रदर्शनमा छन्। प्रदर्शनीमा अटोनोमस र ३६० डिग्री क्यामेराद्वारा रिमोटली नियन्त्रण हुने गाडी पनि राखिएको छ ।

अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौँको थापागाउँ, बानेश्वरमा सन्चालित प्रेसिडेन्सियल ग्र्याजुएट स्कूलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देशले आयोजित प्रदर्शनी आयोजना गरिएको हो।

प्रकाशित समय : १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु