गृहपृष्ठ सप्तरीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद

सप्तरीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद

सप्तरीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद

बेबारिसे अवस्थामा रहेको ठुलो परिमाणको लागुऔषध गाँजा बरामद भएको छ ।

डाक्नेश्वरी नगरपालिका– ५ पातोस्थित महादेबा टोलको नहरी, धानखेत र बाँसघारी क्षेत्रमा बेबारिसे अवस्थामा रहेको ठुलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार सम्भवतः भारततर्फ तस्करी गर्ने तयारीमा राखिएको अवस्थामा ३ सय ९६ किलो गाँजा फेला पारेको हो । उनका अनुसार नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले सो परिणामको गाँजा बरामद गरेको हो ।

अलपत्र अवस्थामा फेला परेका १७ वटा बण्डलमा रहेको ३९६ किलो गाँजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा जिम्मा दिइएको छ ।

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु