global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ इजरायलले गाजा नियन्त्रण योजनामा पुनर्विचार गर्नुपर्छ : स्टार्मर

इजरायलले गाजा नियन्त्रण योजनामा पुनर्विचार गर्नुपर्छ : स्टार्मर

इजरायलले गाजा नियन्त्रण योजनामा पुनर्विचार गर्नुपर्छ : स्टार्मर

बेलायतका प्रधानमन्त्री कीर स्टारमरले इजरायललाई गाजा सहरलाई नियन्त्रणमा लिने योजना गलत भएको भन्दै यसलाई पुनर्विचार गर्न शुक्रबार आग्रह गरेका छन ।

यो योजनाले द्वन्द्वको अन्त्य गर्न वा बन्धकहरूको रिहाइ सुरक्षित गर्न मद्दत नगरी थप रक्तपात मच्चाउने उनले बताएका छन ।

उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूद्वारा प्रस्तावित तथा इजरायली सुरक्षा मन्त्रिपरिषद्द्वारा अनुमोदित योजना अन्तर्गत गाजा सहरलाई ‘नियन्त्रण’मा लिने घोषणाकोे निन्दा गरेका हुन ।

त्यहाँ मानवीय सङ्कटलाई उद्धृत गर्दै इजरायललाई प्यालेस्टिनी क्षेत्रमा युद्ध अन्त्यको माग गर्दै स्टार्मरको बेलायत सरकार यसको विपक्षका रहेको बताएका छन।

गत हप्ता उनले बेलायतले सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने वाचा गर्दै इजरायलले गाजामा युद्धविराममा सहमत नभएसम्म ‘ठोस कदम’ नचाल्ने जनाएका छन ।

प्रधानमन्त्री स्टार्मरले इजरायलको ‘गाजामा आक्रमणलाई अझ बढाउने निर्णय गलत भएको’ ठहर गर्दै यसलाई तुरुन्तै पुनर्विचार गर्न आग्रह गरेका हुन ।

उनले भने, “गाजामा हरेक दिन मानवीय सङ्कट बढ्दै गएको छ र हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई भयावह र अमानवीय अवस्थामा राखिएको छ। हामीलाई युद्धविराम, मानवीय सहायतामा वृद्धि, हमासद्वारा सबै बन्धकहरूको रिहाइ र वार्ताको माध्यमबाट समाधान चाहिएको छ ।” रासस

 

 

 

प्रकाशित समय : १५:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु