global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ जुम्लाबाट सुर्खेत हिडेको फोर्स गाडी दुर्घटना, सात जना घाइते

जुम्लाबाट सुर्खेत हिडेको फोर्स गाडी दुर्घटना, सात जना घाइते

जुम्लाबाट सुर्खेत हिडेको फोर्स गाडी दुर्घटना, सात जना घाइते

जुम्ला । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा सात जना घाईते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार विहान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका हुन् ।

बा.१ झ ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भइ करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा पाँचजना गम्भीर र दुईजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनास्थल कालिकोटमा भएकाले त्यहाँको प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको हो । अहिले कालिकोटबाट प्रहरीको टोली घटना स्थलतर्फ पठाइएको छ । घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रकाशित समय : १५:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु