global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन

क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन

क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन सङ्घीय संसद, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको शुक्रबार बसेको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवन निर्माणको प्रगतिबारेको छलफलमा सहभागी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह तथा सांसदलगायत । तस्बिर : गोपाल दाहाल /रासस

प्रतिनिधिसभा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले कार्यप्रगतिको विवरण उपलब्ध गराउन पत्राचार गर्ने समेत निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकपछि सभापति ठाकुरप्रसाद गैरेले समितिले यही साउन १२ गते क्रिकेट मैदान अवलोकन गरेपछिको प्रगति उपलब्ध गराउन निर्देशन दिएका हुन । अहिले मैदान स्तरोन्नति, प्यारापिट, फ्लडलाइट जडानलगायत काम भइरहहेको सभापति गैरेले बताए ।

समितिले यही गत साउन १२ गते क्रिकेट मैदानको अवलोकन गरेको थियो । त्यसपछिको समयमा भएको कार्यप्रगतिबारे समितिलाई जानकारी गराउन उनले निर्देशन दिए ।

प्रकाशित समय : १४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु