global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ अपरेशन सिन्दूर’को स्मरण गर्दै जम्मूमा बीएसएफका जवानहरुले मनाए रक्षाबन्धन

अपरेशन सिन्दूर’को स्मरण गर्दै जम्मूमा बीएसएफका जवानहरुले मनाए रक्षाबन्धन

अपरेशन सिन्दूर’को स्मरण गर्दै जम्मूमा बीएसएफका जवानहरुले मनाए रक्षाबन्धन

एजेन्सी । ‘अपरेशन सिन्दूर’ले सफलता पाएको भन्दै जम्मूको अन्तर्राष्ट्रिय सीमामा भारतीय सीमा सुरक्षा बल (बीएसएफ)का जवानहरुले रक्षाबन्धन मनाएका छन् । जवानहरुलाई विद्यार्थीहरूले राखी बाँधेर खुशी साटेका हुन् ।

राष्ट्रको रक्षा गरिरहेका बहादुर सिपाहीहरूको नाडीमा राखी बाँध्दा वातावरण न्यानोपन र भावनाले भरिएको सहभागीहरुले प्रतिक्रिया समेत दिए ।

विद्यार्थीहरूले जवानहरूको साहस र बलिदानको प्रशंसा गर्दै देशभरका अनगिन्ती परिवारहरूको सुरक्षा र शान्ति सुनिश्चित गर्ने ‘वास्तविक दाजुभाइ’ भन्दै प्रशंसा समेत गरे ।

विद्यार्थीहरुको आएर राखी बाँध्दा घर जस्तो महसुस भएको र ‘हामी कहिल्यै एक्लो हुँदैनौं,’ भन्ने महसुुस भएको जवानहरुले प्रतिक्रिया दिएका थिए ।

रक्षाबन्धन वा राखी बान्ने कार्यक्रमले भावनालाई सम्मान मात्र नगरी राष्ट्रिय एकताको प्रतीक मानिएको सहभागीहरुले बताए ।

सीमामा बाँधिएका राखीहरूले प्रेम र सम्मानका धागोहरूले सबैभन्दा कठिन अग्रपंक्तिहरूलाई पनि बलियो बनाउन सक्छन् भन्ने सम्झना गराएको जवानहरुको भनाइ थियो ।

गत मे ७ तारिखमा भारतीय सेनाले पाकिस्तानका सात सहरमा रहेका ९ आतंकवादी लुकेका ठाउँमा ‘अपरेशन सिन्दूर’ चलाएको थियो । (सीसीटीभीप्लस)

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु