गृहपृष्ठ लघु निर्जीवन बीमकको ९५ करोड बढीको व्यापार, कुनको कति ?
लघु निर्जीवन बीमकको ९५ करोड बढीको व्यापार, कुनको कति ?
गत आर्थिक वर्षमा लघु निर्जीवन बीमकले सवा ९५ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार ४ वटा लघु निर्जीवन बीमकले ३ लाख ७९ हजार ४३८ वटा बीमालेख बिक्री गरेर ९५ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।
गत आर्थिक वर्षमा सबैभन्दा बढी व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १ लाख १ हजार ७४४ वटा बीमालेख बिक्री गरेर २६ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
दोस्रो धेरै व्यापार भित्र्याउनेमो प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ९९ हजार १३५ वटा बीमालेख बिक्री गरेर २४ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यस्तै गत आर्थिक वर्षमा स्टार माइक्रो इन्स्योरेन्सले १ लाख २ हजार ४९६ वटा बीमालेख बिक्री गरेर २२ करोड ७४ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ७६ हजार ६३ वटा बीमालेख बिक्री गरेर २१ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
प्रकाशित समय : १३:२४ बजे




















