गृहपृष्ठ सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २ लाख नजिक
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २ लाख नजिक
नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : ११:२९ बजे



















