गृहपृष्ठ सिद्धार्थ बैंकको नाफा तिन अर्ब करोड माथि
सिद्धार्थ बैंकको नाफा तिन अर्ब करोड माथि
आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सिद्धार्थ बैंकले सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले ३ अर्ब ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १०/२४ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८६ करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। बैंकले १३/२२ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ।
समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर ५ अर्ब २ करोड ९८ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ४ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि १२/१६ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ८ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ७ अर्ब ९३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ६/४३ प्रतिशतले बढेको छ।
चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ १ अर्ब ८६ करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा १५ अर्ब ४ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ ५८ करोड ३ लाख रुपैयाँले ऋणात्मक रहँदा रिजर्भमा भने १३ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ थियो।
समीक्षा वर्षमा बैंकले २ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २।६२ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल २/१७६ प्रतिशत थियो।
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २४।१० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २१।८६ रुपैयाँ थियो। पीई रेसियो १५।९३ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २१९/९७ रुपैयाँ रहेको छ।
प्रकाशित समय : ११:२९ बजे



















