गृहपृष्ठ अर्थसहित पाँचवटा समितिको बैठक बस्दैँ, निर्माणाधिन संसद भवनबारे छलफल हुने

अर्थसहित पाँचवटा समितिको बैठक बस्दैँ, निर्माणाधिन संसद भवनबारे छलफल हुने

अर्थसहित पाँचवटा समितिको बैठक बस्दैँ, निर्माणाधिन संसद भवनबारे छलफल हुने

अर्थसहित संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि संशोधनकर्ता सांसद सदस्य र बिज्ञहरुसँग छलफल गरिनेछ । जुन बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिले समितिबाट भएका स्थलगत अनुगमनका प्रतिवेदन माथि छलफल हुनेछ । जुन बैठक अपरान्ह १२ः१५ बजेवाट सुरू हुनेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक भने बिहान ९ः०० बजेबाट सुरू हुनेछ । जुन बैठकमा मानब बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानूनी जटिलता सम्बन्धमा छलफल गरिनेछ ।

सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल हुनेछ । जुन बैठकमा बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान ९ः१५ बजेवाट सुरू हुनेछ । जुन बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित समय : ०६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु