global ime bank Long Banner Ad

गृहपृष्ठ घानामा हेलिकप्टर दुर्घटना: दुई मन्त्रीसहित ८ जनाको मृत्यु

घानामा हेलिकप्टर दुर्घटना: दुई मन्त्रीसहित ८ जनाको मृत्यु

घानामा हेलिकप्टर दुर्घटना: दुई मन्त्रीसहित ८ जनाको मृत्यु

अफ्रिकी देश घानामा बुधबार भएको हेलिकप्टर दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मदसहित आठ जनाको मृत्यु भएको छ।

दुर्घटनामा घानाका कार्यवाहक उप-राष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मोहम्मद मुनिरु लिमुना, राष्ट्रिय प्रजातान्त्रिक कांग्रेसका उपाध्यक्ष शमूएल सारपोङ र पूर्व संसदीय उम्मेदवार शमूएल अबोआगेको पनि मृत्यु भएको थियो।

देशभर झण्डा आधा झुकाइने

राष्ट्रपति जोन महामाका प्रमुख कर्मचारी जुलियस डेब्राले पत्रकार सम्मेलनमा भने, ‘राष्ट्रपति र सरकार यस दुखद दुर्घटनामा ज्यान गुमाउने हाम्रा सहकर्मीहरूको परिवारप्रति समवेदना व्यक्त गर्दछन्। अर्को सूचना नभएसम्म देशभर झण्डा आधा झुकाइनेछ।’

सत्तारूढ राष्ट्रिय प्रजातान्त्रिक कांग्रेस पार्टीका उपाध्यक्ष र राष्ट्रिय सुरक्षा सल्लाहकार पनि हेलिकप्टरमा सवार थिए। घाना सरकारले शोक व्यक्त गर्दै यो दुर्घटना देशका लागि ठूलो धक्का भएको बताएको छ।

 

प्रकाशित समय : १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु