global ime bank Long Banner Ad

गृहपृष्ठ १५ करोडमा बनेको एनिमेटेड फिल्म ‘महावतार नरसिंह’ सय करोड क्लबमा

१५ करोडमा बनेको एनिमेटेड फिल्म ‘महावतार नरसिंह’ सय करोड क्लबमा

१५ करोडमा बनेको एनिमेटेड फिल्म ‘महावतार नरसिंह’ सय करोड क्लबमा

एनिमेटेड फिल्म महावतार नरसिंह रिलिज हुँदा धेरैलाई यो फिल्मको बारेमा धेरै थाहा पनि थिएन । यस फिल्मको बारेमा कुनै चर्चा थिएन तर माउथ पब्लिसिटीले यो फिल्मलाई १०० करोड क्लबमा पुर्‍याएको छ।

यसले बलिउडका ठूला फिल्महरूलाई पछाडी छाडेको छ र यसको बक्स अफिस कलेक्सन रोकिने वाला देखिएको छैन्। विशेष कुरा के छ भने फिल्मले साताका दिनमा पनि राम्रो कमाइ गरिरहेको छ । जसका कारण १०० करोड क्लबमा सामेल हुन १२ दिन मात्र लागेको थियो ।

होम्बले फिल्म्सको ब्यानरमा बनेको महावतार नरसिंहा गत जुलाई २५ मा हलमा रिलिज भएको थियो । त्यतिबेला सिनेमा हलमा ‘सायरा’ को चहलपहल थियो, त्यसैले ‘महावतार नरसिंहा’ले यति ठूलो कलेक्सन गर्छ भनेर कसैले सोचेका थिएनन् ।

महावतार नरसिंहलाई समीक्षक र दर्शकले निकै रुचाएका छन् । फिल्मले पहिलो दिनमै कम कमाई थियो तर माउथ पब्लिसिटी पछि त्यसयता बढ्दै गएको छ । सैकनिल्कको प्रारम्भिक प्रतिवेदन अनुसार महावतार नरसिंहाले १२ औँ दिन ७ करोड ७५ लाख संकलन गरेको छ । जस पछि फिल्मको कुल कलेक्सन १०६.०५ करोड पुगेको छ ।

महावतार नरसिंह जम्मा १५ करोडको बजेटमा बनेको फिल्म हो । अहिले सय करोडभन्दा बढी सङ्कलन भइसकेको छ । यो फिल्मबाट निर्मातालाई धेरै फाइदा भएको छ । यसवाट हैसिएका निर्माताले थप अरू फिल्म बनाउने घोषणा गरेका छन् ।

निर्माण पक्षले अब महावतार नरसिंह फ्रेन्चाइजका थप ६ वटा चलचित्रको घोषणा गरेको छ । यसको रिलिज मिति पनि सार्वजनिक भएको छ । २०२७ मा ‘महावतार परशुराम’ आउनेछ, त्यसपछि २०२९ मा ‘महावतार रघुनंदन’, २०३१ मा ‘महावतार द्वारकाधीश’, ‘महावतार गोकुलानन्द’ सन् २०३३ मा आउँदैछ र अन्त्यमा २०३५ मा ‘महावतार कल्की पार्ट १’ आउँदैछ । यी फिल्मलाई लिएर निर्माताहरु निकै उत्साहित छन् ।

प्रकाशित समय : ०९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु