गृहपृष्ठ अग्नि मोटो-इन्कले नाइमाको बिगस इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गर्यो
अग्नि मोटो-इन्कले नाइमाको बिगस इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गर्यो
अग्नि ग्रुप अन्तर्गतको कम्पनी अग्नि मोटोइन्क प्रा.लि. ले नाइमा मोबिलिटी एक्सपो २०२५ को अवसरमा नेपालमा नयाँ विद्युतीय स्कुटर ब्रान्ड ‘बिगस (BG) इलेक्ट्रिक स्कूटरहरू’ सार्वजनिक गरेको छ।
श्रावण २१ गते (तदनुसार अगस्ट ६, २०२५) भृकुटीमण्डपमा आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा विशेष प्रोडक्ट लन्च इभेन्टमार्फत यी स्कुटरहरू नेपाली बजारमा भित्र्याइएका हुन्।
कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, डान्सर, मोडल तथा इन्फ्लुएन्सर कविता नेपाली, अग्नि समूहका वरिष्ठ अधिकारीहरू, सञ्चारकर्मीहरू र ग्राहकहरूको बाक्लो उपस्थिति रहेको थियो।
अग्नि ग्रुपले बिगसका दुई मोडेलहरू – बिजि आरयुभी ३५० (BG RUV 350) र बिजि सि१२ (BG C12) नेपाली बजारमा ल्याएको छ। यी स्कुटरहरूले सहरी तथा दैनिक यात्राका लागि उच्च कार्यक्षमता, सुरक्षात्मक विशेषताहरू र अत्याधुनिक प्रविधिले भरिएको विद्युतीय स्कूटरहरूको नयाँ विकल्प प्रस्तुत गरेका छन्।
मूल्य र भेरियन्ट:
बिजि आरयुभी ३५० (BG RUV 350): यो दुई भेरियन्टमा उपलब्ध छ।
आरयुभी ३५० आइ-इ-एक्स: २७९,४००
आरयुभी म्याक्स: ३२५,३००
बिजि सि१२ (BG C12): यो पनि दुई भेरियन्टमा उपलब्ध छ।
सि१२ आइ-इ-एक्स: २२८,४००
सि१२ म्याक्स ३.०: ३०४,९००
प्रकाशित समय : २०:२७ बजे



















