गृहपृष्ठ संयुक्त राष्ट्रसंघद्वारा गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही विस्तार नगर्न आग्रह
संयुक्त राष्ट्रसंघद्वारा गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही विस्तार नगर्न आग्रह
गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही अझ विस्तार हुने सम्भावनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै, संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले त्यसले मानवीय अवस्था थप गम्भीर बनाउन सक्ने चेतावनी दिएका छन्।
संयुक्त राष्ट्रसंघका युरोप, मध्य एशिया र अमेरिकाका सहायक महासचिव मिरोस्लाव येन्काले २०२५ अगस्ट ५ मा न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा आयोजित सुरक्षा परिषद्को बैठकमा सम्बोधन गर्दै गाजामा सम्भावित सैन्य कारबाही विस्तारका सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण गराए ।
उनले भने, “यदि गाजा क्षेत्रमा सैन्य कारबाही थप विस्तार गरियो भने, त्यसले लाखौं निर्दोष प्यालेस्टिनी नागरिकहरूको जीवनमा गम्भीर संकट ल्याउनेछ। साथै, गाजामा रहेका इजरायली बन्धकहरूको सुरक्षामा समेत थप खतरा उत्पन्न हुन सक्छ ।”
उनले अन्तर्राष्ट्रिय कानुनको स्पष्ट सन्दर्भ दिँदै भने, “गाजा क्षेत्र भविष्यको प्यालेस्टिनी राष्ट्रको अभिन्न अंग हो र त्यसलाई त्यही रूपमा राखिनु अत्यावश्यक छ ।”
प्रकाशित समय : २०:३५ बजे

















