global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश सरकार महिला पत्रकारको क्षमता अभिवृद्धिमा प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

प्रदेश सरकार महिला पत्रकारको क्षमता अभिवृद्धिमा प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

प्रदेश सरकार महिला पत्रकारको क्षमता अभिवृद्धिमा प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रतिबद्ध रहेको बताएका छन ।

सञ्चारिका समूहका केन्द्रीय तथा प्रदेशका पदाधिकारीबाट आज यहाँ ज्ञापनपत्र बुझ्दै उनले महिलालाई पत्रकारिता क्षेत्रमा अगाडि बढाउन सरकारले आवश्यक साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आफ्नो स्रोतसाधनले भ्याएसम्म पत्रकार महिलाको हितमा काम गर्ने बताए ।

प्रदेश सरकारले ल्याउन लागेको सञ्चार पत्रकारिता प्रतिष्ठानमार्फत पत्रकारको हितमा काम गर्ने सोचाइ अगाडि राखेको उनले बताए । मुख्यमन्त्री कार्कीले ‘लैङ्गिकमैत्री कानुन’ बनाउन र महिलालाई सञ्चार क्षेत्रमा प्राथमिकता दिएर काम गर्न आफ्नोतर्फबाट सक्दो पहल र प्रयत्न हुने धारणा राखे । उनले प्रदेश सरकार सञ्चारिका समूहलाई सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।

सञ्चारिका समूहकी महासचिव राधा खनालले पत्रकार महिलाका विविध विषय समेटेर ज्ञापनपत्र बुझाएकी थिइन । सञ्चारिका समूहकी कोषाध्यक्ष, कोशी प्रदेशको अध्यक्षलगायत पदाधिकारी ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागी थिए ।

प्रकाशित समय : २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु