global ime bank Long Banner Ad

गृहपृष्ठ प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि राजविराजमा दिनभर प्रदर्शन

प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि राजविराजमा दिनभर प्रदर्शन

प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि राजविराजमा दिनभर प्रदर्शन

प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै बुधबार राजविराजमा दिनभर प्रदर्शन भएको छ।

मृतकका आफन्त एवं गाउँले मिलेर जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर बिहान करिब १० बजेदेखि निरन्तर प्रदर्शन गरेका हुन्। राजविराजको मुख्यचोक (दर्शन चोक) मा समेत टायर बालेर दिनभरी प्रदर्शन गरिएका कारण मुख्य बजार बन्द भएको थियो।

मदिरा भारततर्फ तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि स्थानीयले एक्कासी ढुंगामुडा गर्न थालेपछि प्रहरीले गोली चलाउँदा स्थानीय यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

प्रहरीको गोली लागेर घाइते भएका ३६ वर्षीय यादवको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको थियो। मृतक यादव सोही गाउँस्थित आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्। उनका आफन्त र स्थानीयवासीले यादवलाई प्रहरीले सुनियोजित तवरले गोली प्रहार गरेको आरोप लगाएका छन्।

प्रकाशित समय : १९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु