गृहपृष्ठ नेपाल जस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन्छ : मन्त्री पाण्डे

नेपाल जस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन्छ : मन्त्री पाण्डे

नेपाल जस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन्छ : मन्त्री पाण्डे

काठमाडौं । सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको नवीनतम प्रयासको प्रशंसा गरेका छन् ।

स्काई टावर काठमाडौंमा आयोजित विशेष समारोह मार्फत २५ वटा डोम हाउसको शुभारम्भ कार्यक्रममा उनले नेपाल जस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुने भन्दै निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्ने बताए ।

उनले भने, ‘नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन सक्छ। निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्छ र झन्झटिला कानुन संशोधन गरिनेछ ।’

संस्थाका निर्देशक सन्तोष सुवेदीले डोम हाउस परियोजनाले “प्रभावकालागिनवप्रवर्तन, प्रगतिको लागि साझेदारी”भन्ने मूल नारालाई आत्म सात्गरेरअगाडि बढ्ने बताए ।

उनले यस परियोजनाले नेपालमा हरित प्रविधिमा आधारित, पर्यावरणमैत्री, स्वदेशी डिजाइन र निर्माणमा आधारित प्रवृत्तिलाई बढावा दिने उल्लेख पनि गरे ।

यस्तै, नेपाल आइडिया फर वल्र्डका प्रमुख कार्यकारी अधिकृत उषा खतिवडाले पनि यो शुभारम्भ केवल व्यावसायिक उपलब्धि नभई नेपालले नवप्रवर्तन र दिगो जीवनशैलीतर्फ अग्रसर हुने संकेत भएको बताईन् ।

नेपालमा पर्यटन, वातावरण र जीवनशैलीमा नवीनतम नव प्रवर्तन ल्याउने उद्देश्य सहित ‘नेपाल आइडिया फर वल्र्डले अन्तर्राष्ट्रिय स्तरको ‘डोम हाउस’ नेपालमा भित्र्याएको हो ।

कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक, पर्यटकीय क्षेत्रका अगुवाहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

के हो डोम हाउस ?

डोम हाउस एक अत्याधुनिक, पारदर्शी र मोड्युलर संरचना हो, जसलाई पर्यटन, स्वास्थ्य तथा वातावरणमैत्री जीवनशैलीसँग जोडेर डिजाइन गरिएको हो । यसमा रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट, मिडिया स्टुडियो, निजी कार्यालय, वा विभिन्न कार्यक्रमका स्पेसको रूपमा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित समय : ०८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु