global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बाढीका कारण दक्षिणी म्यान्मामा १० हजारभन्दा बढी मानिस विस्थापित

बाढीका कारण दक्षिणी म्यान्मामा १० हजारभन्दा बढी मानिस विस्थापित

बाढीका कारण दक्षिणी म्यान्मामा १० हजारभन्दा बढी मानिस विस्थापित

म्यान्माको कायिन राज्यको हपा–अन बस्तीमा बाढीका कारण दुई हजार दुई सय ९८ घरपरिवारका कुल १० हजार तीन सय ९५ जनालाई २४ अस्थायी उद्धार आश्रयमा सारिएको सरकारी म्यान्मा रेडियो र टेलिभिजनले बुधबार राति जनाएका छन् ।

भारी वर्षापछि थानल्विन नदी खतराको स्तरभन्दा माथि पुगेका कारण बुधबार विपद् व्यवस्थापन समितिका सदस्य, अग्नि नियन्त्रक, म्यान्मा रेडक्रस सोसाइटी र समुदायमा आधारित संस्थाहरूले उनीहरूलाई सो क्षेत्रबाट अन्यत्र सारेका थिए ।

बिहीबार मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार हपा–अनको नदी खतराको स्तरभन्दा करिब छ फिट माथि पुगेको छ र अर्को दिन पनि जोखिममा रहने अनुमान गरिएको छ ।

कायिन राज्य सरकारले दाताहरूसँगै आधारभूत खाद्यान्न आपूर्ति गरिरहेको छ भने स्वास्थ्य मन्त्रालयले चिकित्सा उपचार र सेवाहरू प्रदान गरिरहेको छ ।

प्रकाशित समय : १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु