गृहपृष्ठ ५ प्रतिशत लाभांश बाँड्ने माछापुच्छ्रेको घोषणा
५ प्रतिशत लाभांश बाँड्ने माछापुच्छ्रेको घोषणा
माछापुच्छ्रे क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बराबर १ करोड ४३ लाख १६ हजार ९७५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले भदौ ६ गते काठमाडौं, बालुवाटारमा छैठौं वार्षिक साधारणसभा दिउँसो १२:३० बजे बोलाएको छ। सभामा २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वित्तीय विवरण पारित गरिनेछ।
साथै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिनेछ।
प्रकाशित समय : १७:३८ बजे




















