global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ रानी जमरा सिँचाइ आयोजनाका लागि विश्व बैंकबाट झन्डै १९ अर्ब सहुलियतपूर्ण ऋण लिइने

रानी जमरा सिँचाइ आयोजनाका लागि विश्व बैंकबाट झन्डै १९ अर्ब सहुलियतपूर्ण ऋण लिइने

रानी जमरा सिँचाइ आयोजनाका लागि विश्व बैंकबाट झन्डै १९ अर्ब सहुलियतपूर्ण ऋण लिइने

रानी जमरा कुलरिया सिँचाइ आयोजना लागि सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब ९२ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण सहायता लिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १३७ मिलियन अमेरिकी डलर अर्थात् १८ अर्ब ९२ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०६६/६७ मा विश्व बैंकको सहयोगमा बहुआयामिक सुधार कार्यक्रमका रूपमा शुरू गरिएको आयोजनाको हाल दोस्रो चरणको काम सकिएको छ । भने अब तेस्रो चरणको काम अगाडि बढाइन लागेको छ ।

प्रकाशित समय : १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु