global ime bank Long Banner Ad

गृहपृष्ठ गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता

गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता

गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालको आज निरीक्षण गर्दै उनले हरेक नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउने राज्यका प्रयासमा चिकित्सकलगायत स्वास्थ्य क्षेत्रमा आबद्ध सबैको सहयोग अपरिहार्य भएको बताए । अवस्था सिर्जना गरिने बताए ।

स्थानीय तहसँग सहकार्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको तथा भविष्यमा पनि स्रोत र साधनले भ्याएसम्म प्रदेशका स्वास्थ्य संस्थालाई उपकरण प्रदान गर्ने मुख्यमन्त्री पाण्डेले उल्लेख गरे । उक्त अस्पताललाई प्रदेश सरकारले एक थान शल्यक्रिया मेसिन प्रदान गरेको छ ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अस्पतालले प्रदान गर्दै आएको सेवाका बारेमा जानकारी गराएका थिए । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकी १५ शय्याको अस्पतालमा रुपान्तरण भएको हो । रासस

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु