global ime bank Long Banner Ad

गृहपृष्ठ चुरे क्षेत्रको दोहनलेमधेशमा खडेरी पर्यो, बैकल्पिक बालीमा जोड्दिनुपर्छ: कृषिविज्ञ पौडेल

चुरे क्षेत्रको दोहनलेमधेशमा खडेरी पर्यो, बैकल्पिक बालीमा जोड्दिनुपर्छ: कृषिविज्ञ पौडेल

चुरे क्षेत्रको दोहनलेमधेशमा खडेरी पर्यो, बैकल्पिक बालीमा जोड्दिनुपर्छ: कृषिविज्ञ पौडेल

काठमाडौं । मधेश प्रदेशमा यसवर्ष कम वर्षा भएर खडेरी परेसँगै सरकारले यस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । चुरे क्षेत्रमा भएका प्राकृतिक स्रोत साधनहरुको अत्यधिक दोहनले गर्दा मधेशमा खडेरी देखिएको बताउँदै बैकल्पिक बालीतर्फ जोडदिनुपर्ने कृषिविज्ञ छबि पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै सिँचाइ हुने क्षेत्र हो । सरकारी तथ्यांक अनुसार मधेश प्रदेशमा ५० प्रतिशत सिँचाइको सुबिधा छ भने देशका अन्य स्थानमा ३५ प्रतिशत मात्रै सिँचाइको सुविधा रहेको छ । हालसम्म मधेशमा करिब ५० प्रतिशत रोपाइँ भएको छ भने देशमा समग्र रोपाइँको कुरा गर्नेहो भने ८० प्रतिशत धान रोपाइँ भइसकेको छ ।

अहिलको अवस्था असामान्य भएको बताउँदै उनले यो अवस्था आउनुमा हावापानीको असरले पृथ्वी तात्नु मुख्य कारण भएको र चुरेको दोहन भएको बताए ।

‘हावापानी परिवर्तन भएको छ । यसले गर्दाखेरी जलवायुको अवस्थामा पनि परिवर्तन आउँछ । अर्कोकुरा मधेश प्रदेशको पानीको मुहान भनेको चुरे हो । तर चुरेको अति दोहन भएको छ । भारतको उत्तर प्रदेश र बिहार क्षेत्रका बाटोघाटोहरु बन्दाखेरी हाम्रो चुरे क्षेत्रको गिट्टी बालुवा धेरै गएको छ । गिट्टीबालुवा र अन्य बनजंगलको पनि विनास भएको छ,’ उनले भने । ‘चुरे चाहिँ तराईका जिल्लाहरुका लागि जमिन भित्रको पानीको स्रोत रिचार्जहुने स्रोत हो । यस ठाउँमा जंगल रह्यो भने त्यस ठाउँमा पानी अड्याउन सक्यौं भने मात्र जमिन मुनिको पानीको स्रोत रिचार्ज हुन सक्छ । अहिले चुरे क्षेत्रमा जमिनमुनिको पानीको स्रोतहरु पनि तल्लो स्थानमा झरिसकेको अवस्था छ ।
त्यसकारण मैले मधेशको सुख्खालाई एउटा समस्याको रुपमा हेरिरहेको छु ।’

उनका अनुसार मधेश प्रदेश अन्न भण्डारको रुपमा रहेकाले खडेरीले उत्पादनमास्वतः रुपमा प्रभाव पार्छ। नेपाल सरकारद्वारा सञ्चालित कृषिका विभिन्न पूर्वाधारहरुपनि मधेश प्रदेशमा केन्द्रित छन् । मधेश अन्नको भण्डार भएकाले नै तुलनात्मकरुपमा त्यहाँ सिँचाइको सुविधा बढी भएको हो । तर, त्यहाँ सिँचाइको सुविधा भएका कमला नदी, कोशी, बागमती र नारायणी सिँचाइ योजनालगायत ठुला आयोजना छन तरपनि ति सबै सिँचाइ आयोजनाहरु ५० प्रतिशत भएपनि वास्तवमा १५ प्रतिशत पनि कभर गर्दैनन् ।

‘मधेश प्रदेश बाहेक समष्टिगत रुपमा नेपालमा ३५ प्रतिशत सिँचाइ सुविधा छ भन्छौं । तर वास्तवमा त्यो २० प्रतिशत पनि छैन् । नेपाल सरकारका ठुला सिँचाइ आयोजनाहरु काम नलाग्ने छन् । अहिले तराइमा स्यालो ट्युबेलहरु पनि सुकेको अवस्था छ । त्यसकारण त्यहाँको भविष्यले विस्तारै मरुभूमीकरणको संकेत गरेको छ । आकाशे पानीको भरमा साउन महिना भरिनै धान रोपाइँ गर्न सकिन्छ तर, बीउ बुढो हुने समस्या आउँछ त्यस्तो बीउले उत्पादन घटाउने समस्या निम्त्याउँछ । अबका दिनमा पानी परिहाल्यो भने पनि बीउ बुढो भएका कारणले गर्दा राप्न सक्ने अवस्था छैन ।’

संसारका धनी भनिएका देशहरु अमेरिका र चीनले पनि सबै स्थानमा सिँचाइ पु-याउन नसकेको उल्लेख गर्दै उनले खेत नजिकै सिँचाइ पुगेपनि त्यसलाई खेतको गरासम्म पु-याउन र खेतीबारीको जराजरामा प-याउन ज्यादै नै समस्या हुने बताए । त्यसकारण आकाशे पानीले सहज बनाउने उनको तर्क छ ।

बैकल्पिक बालीमा जोड दिन जरुरी
सुख्खा खडेरीका कारण धान रोपाइँ गर्न समस्या हुने भएपछि तराइका जिल्लामा यस वर्षका लागि बाली विविधिकरण गर्दै बैकल्पिक बाली लगाउनुपर्ने कुरामा जोडदिनुपर्ने पौडेलको भनाई छ । ‘सिँचाइ नपुगेका स्थानमा बाली विविधिकरण गर्न जरुरी छ । जहाँ पानी जम्छ, हाँडी खेतहरु छन वा जहाँ वर्षाको पानी धेरै जम्छ त्यस्तो स्थानमा धानखेती गर्ने तर अग्लो स्थानमा धान नै लगाउनुपर्छ भन्ने छैन,’ उनले भने ।

धान फलाउनभन्दा अन्य बालीहरु फलाउनमा कम पानी खर्च हुने उनको भनाई छ । ‘एक केजी धान फलाउन ३ हजारदेखि ६ हजार लिटर पानी आवश्यक हुन्छ । चैते धानमा त अझ ६ हजारदेखि ८ हजार लिटरसम्म पानी आवश्यक हुन्छ । तर १ केजी मकै फलाउन ६ सयदेखि करिब १ हजार लिटरसम्म पानी भए पुग्छ । त्यसकारण एक केजी धान फलाउन लाग्ने पानीले हामीले १० किलो मकै फलाउन सक्छौं भने करीब १४-१५ केजी कोदो फलाउन सक्छौं । त्यसकारण बाली विविधिकरणले हामीलाई सहज बनाउँछ ।’

भाते संस्कृतिमा परिवर्तन गर्नुपर्छ
बैकल्पिक बालीतर्फ जोडसँगै हाम्रो भाते संस्कृति वा चामल नै खानुपर्छ भन्ने संस्कृतीमा परिवर्तन गर्नुपर्ने सुझाब पौडेलले दिएका छन् ।धानको विकल्पले खाद्य सुरक्षासँगै स्वास्थ्यको पनि सुरक्षा हुने उनको सुझाब छ ।

‘हामीले तीन पटक चामल नै खाने चलन छ । प्राय स्थानमा दुईपटक अनिवार्य नै खान्छैं । तपाईले एकपटक चामलको खाना छोडेर अरु कुनै खाना खाने हो भने तपाईलाई ५० प्रतिशत रोग कम लाग्छ, तपाई स्वस्थ हुनुहुन्छ । त्यसकारण हाम्रो खाने तरिका र बानी परिवर्तन तिर पनि ध्यान दिनुपर्छ ।’

जीडीपीमा असर
कूल जीडीपीमाधानको योगदान करिब ५ प्रतिशत हुनु पनि सामान्य कुरा नभएको बताउँदै पौडेलले खडेरीका कारण धानको उत्पादन घटेमा मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा असर गर्ने बताए ।

उनका अनुसार देशभर हाम्रो ५० प्रतिशत क्षेत्र धानले ढाकेको छ । त्यसकारण पनि धानको योगदान यति राम्रो भएको हो । हामीले खेतहरु बाझै छाड्ने हो भने जीडीपीमा असर गर्छ । तर त्यो ठाँउमा धानको सट्टामा कोदो, मकै जस्ता बाली लगाउँदा जीडीपीमा खासै असर पर्दैन् ।

‘कोदो, मकै जस्ता छिटो उत्पादन हुने बाली र धानको सट्टा जुनेलो लगाउने हो भने प्रतिहेक्टर हेक्टर आठ टन फल्छ, धान प्रतिहेक्टर तीन टन मात्र फल्छ । वैकल्पिक बालीको गफ मात्र दिएर भएन हाम्रो सरकार, किसान पनि लाग्नु पर्यो । यसमा सबैले ध्यान दिने हो भने कूल जीडीपीलाई असर गर्दैन,’ उनले भने ।

प्रकाशित समय : १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु