गृहपृष्ठ पोखरामा रोकिएको अभियानलाई निरन्तरता दिने विषयमा माओवादी पदाधिकारी बैठकमा छलफल
पोखरामा रोकिएको अभियानलाई निरन्तरता दिने विषयमा माओवादी पदाधिकारी बैठकमा छलफल
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले साउन १६गतेदेखि सुरु हुने स्थायी कमिटी बैठकको लागि एजेन्डा तय गरेको छ ।
बुधबार पेरिस डाँडामा बसेको पदाधिकारी बैठकले साउन १६गते (शुक्रबार) देखि सुरु हुने स्थायीक मिटीबैठकका लागि एजेन्डा तय गरेकोमा ओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
उनले स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको अभियानलाई निरन्तरताबारे छलफलगर्ने, केन्द्रीय समितिको मिति तय गर्नेबारे छलफल भएको जानकारी दिए ।
उनले समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्नेर सङ्गठन निर्माण विकास,आन्तरिक एकता सुदृढिकरण बारे पनि छलफल हुने भन्दै बैठकको अन्त्यमा अहिलेको वर्तमान स्थितिबारे एउटा प्रस्तावितपारित गर्ने एजेण्डा तयार भएको बताए ।
‘शुक्रबार बस्ने स्थायी कमिटीको बैठकमापार्टी हेडक्वाटरको तर्फबाट अध्यक्ष प्रचण्डले र्वतमान परिस्थितिको बारेमा व्रिफिङ गर्नुहुनेछ । परिस्थितिको बारेमा व्रिफिङ गरिसके पछि अभियान पोखरामा आएर जुन रोक्किएको छ नि त्यसलाई निरन्तरता दिने बारे छलफल भएको छ ।
साथ साथै केन्द्रिय समितिको बैठकको पनिमिती तयगर्ने बारे पनि छलफल हुनेछ ।अहिले समाजवादी मोर्चाको बैठकहरु बसि रहेको छ, अहिले समाजवादी मोर्चालाई सक्रिय बनाउने अलि विस्तार गर्ने पनिभन्ने पनि कुरा छ ।
त्यो सम्बन्धमा स्थायी समितिले छलफल गर्नेछ ।त्यो सँग सँगै संगठन निर्माणका कुराहरु पनिछन् ,कार्य विभाजनका कुराहरु छन्, आन्तरिक एकता सुदृढिकरणका कुराहरु छन् । बैठकको अन्त्यमा अहिलेको वर्तमान स्थितीबारे एउटा प्रस्तावित पारित गर्ने एजेण्डा तयार भएको छ ’ उनले भने ।
प्रकाशित समय : १७:४५ बजे



















